Search

दोलखामा स्थानिय वासिन्दाहरुको सक्रियतामा सरसफाई अभियान

दोलखामा स्थानिय वासिन्दाहरुको सक्रियतामा सरसफाई अभियान

बाँपीझ्याला, दोलखा । भीमेश्वर नगरपालीका वडा नं. २ स्थित विशेषतः रास्नीको उकालो देखि नेपाल रेडक्रस सोसाईटी व्यापारीक भवनसम्मको उकालो बाटोमा आज शनिवार दोलखाका स्थानिय वासिन्दाहरुको सक्रीयतामा सरसफाई अभियान सम्पन्न भएको छ । करिव दुई महिनाको निषेधज्ञा र बर्षायामका कारण बर्षे घाँसपात उम्रेर स्थानिय दोलखावासीलाई हिड्न कठीनाई भएको कुरालाई मध्यनजर गरी सरसफाई गरिएको थाहा भएको छ ।

सरसफाई भन्दा अगाडी

आजको यो अभियानले आजभन्दा करिव ३० बर्ष अगाडीको सरसफाई अभियानलाई सम्झना गराउर्दै फेरी दोलखावासी युवाहरु विना स्वार्थ एकजुट भएर सरसफाई अभियानमा लागिएको दृश्यले दोलखावासीहरु खुसी भएका छन् । एकठाउँ, एकजुट भएमा के हुदैन त ? भन्ने सन्देश यस सरसफाई अभियानले दिएको छ । सरसफाई अभियान पश्चात युवा समाजसेवी गायक दिपक स्वप्नीलले आफ्नो फेसवुक सामाजिक सञ्जालमा लेख्नु भएको छ । सफा चैं हुनु प¥यो ।

सरसफाई पश्चात

बजेट ल्याएर गरेनी हुन्छ, दाजुभाई मिलेर गरे नि हुन्छ । आज चाही दाजुभाई मिलेर ग¥यौ । “दाजु किंज मिलई जुर्स एउताङ जे सजिलो” भनेर स्टाटस लेख्नु भएको छ । यो सन्देश मुलक स्टाटसको कदर गर्दै यस्तै यस्तै अभियानमा हामी साझी मुद्धा बनाएर दोलखाको सामाजिक कार्यमा हिडौं यसरी नै हामी सवैले अभियानको रुपमा लागौं । साच्चिकै सफा र खुल्ला हद्यले गरौ नहुने र नसकिने भन्ने शब्द नै छैन । धन्यवाद छ युवा दिपक श्रेष्ठ स्वप्नीललाई । सकारात्मक सन्देशको लागि सामाजिक सञ्जालको प्रयोग गरी सदुपयोग गरौं । जसले एकजुट हुन सहयोग गर्छ ।

सरसफाई पश्चात

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!