Search

भीमेश्वर नगरपालीका वडा नं. २ दोलखाका ५५ बर्ष माथीका नागरिक र अग्रपंक्तिमा खट्नु पर्नेहरुको लागि भेरोसिल खोप पहिलो डोज आज, भोली र पर्सी

भीमेश्वर नगरपालीका वडा नं. २ दोलखाका ५५ बर्ष माथीका नागरिक र अग्रपंक्तिमा खट्नु पर्नेहरुको लागि भेरोसिल खोप पहिलो डोज आज, भोली र पर्सी

बाँपीझ्याला, दोलखा । दोलखा जिल्लामा कोभिड १९ विरुद्धको खोप भेरोसिलको पहिलो मात्राको खोप आज श्रावण २ गतेदेखि गतेदेखि ५ गतेसम्म लगाउने भएको छ । प्राप्त खोप डोज संख्याको आधारमा भेरोसिलको पहिलो मात्रा लगाउने भएको हो ।
दोलखा जिल्ला खोप समन्वय एवंम अनुगम समितिको निर्णयअनुसार जिल्लाका दुई नगरपालिका सहित सात वटा गाउँपालिका गरि ९ वटै स्थानीय तहमा कोभिड १९ विरुद्धको खोप भेरोसिलको पहिलो मात्रा लगाउने स्वास्थ्य कार्यालय दोलखाका प्रमुख अर्जुन पौडेलले जानकारी दिनुभयो ।

यसै गरी भीमेश्वर नगरपालिका वडा नंं २ दोलखा स्थित आज २ गतेदेखि ४ सम्म कोरोना विरुद्धको भेरोसिल खोप दिईने छ । जसमा आज गगरस, फुलपा, नेगल, डोकथी, खेलाप नागदह लगाएतका स्थानहरुका वासिन्दाहरुलाई दिललुङा स्वास्थ्य क्लिनिकमा दिईने छ । यसै गरी दोलखा बजार भित्रका नागरिकहरुलाई भोली ३ र पर्सि ४ गते दोलखा स्वास्थ्य चौकी पाखलतीमा खोप दिने भएको छ । यसमा शिक्षकहरुलाई पनी खोप दिईने जानकारी दोलखाबाट स्थानिय युवा समाजसेवी एवं फुलपा प्रा.विका प्रअ हरि श्रेष्ठले बताउनु भयो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!