Search

महान्यायाधिवक्ताको शपथ राष्ट्रपतिसमक्ष गराउने कानूनी व्यवस्था छैन: राष्ट्रपती भण्डारी

महान्यायाधिवक्ताको शपथ राष्ट्रपतिसमक्ष गराउने कानूनी व्यवस्था छैन: राष्ट्रपती भण्डारी

बाँपीझ्याला, काठमाडौँ । राष्ट्रपति कार्यालयले महान्यायाधिवक्ताको शपथ ग्रहण प्रधानन्यायाधीशले गराउने कानूनी व्यवस्था रहेको स्पष्ट पारेको छ । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको प्रेस विज्ञप्तिमा नवनियुक्त महान्यायाधविक्ताको शपथ ग्रहण राष्ट्रपतिको कार्यालयमा नभएको भनेर आएका समाचारप्रति ध्यानाकर्षण गराउँदै कानूनी व्यवस्थाबारे प्रष्ट पारिएको हो ।

ुमहान्यायाधिवक्ताको पारिश्रामिक, सेवाको शर्त र सुविधासम्बन्धी ऐन, २०५३ को परिच्छेद ५ को दफा २१ माहान्यायाधिवक्ताले आफ्नो पदको कार्यभार सम्हाल्नुअघि प्रधानन्यायाधीश समक्ष पद तथा गोपनियताको शपथ गर्नुपर्ने व्यवस्था रहेको छु, विज्ञप्तिमा भनिएको छ ।

विगतमा महान्यायाधिवक्तालगायत संवैधानिक अङ्गका पदाधिकारीहरुको शपथ ग्रहण राष्ट्रपतिको समुपस्थितिमा हुँदै आएकामा कोभिड– १९ को विश्वव्यापी महामारीको अवस्थासमेतलाई मध्यनजर गरी राष्ट्रपतिको समुपस्थितिमा हुनुपर्ने भनी व्यवस्था भएको बाहेक प्रधानन्यायाधीशबाट शपथ ग्रहण गराउने व्यवस्थाका लागि गत वैशाख ५ गते सर्वोच्च अदालतलाई पत्राचार गएिको थियो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!