Search

आर्यन सिग्देल सुटिङमा निस्किए

आर्यन सिग्देल सुटिङमा निस्किए

बाँपीझ्याला, काठमाण्डौं । लगभग दुई वर्ष पुग्न लाग्यो कलाकारले धक फुकाएर सुटिङ गर्न नपाएको । महामारीको दोस्रो वेभ आउनुअघि केही फिल्मको सुटिङ भयो तर बीचैमा महामारीले देश लकडाउनमा गएपछि जोसिएका कलाकार फेरि घर बस्न बाध्य भए । सरकारले दुई महिनापछि लकडाउन खुकुलो पारे पछि भने कलाकार फेरि जुर्मुराउन थालेका छन् । राजेश हमाल तीजको गीतमा नाच्न मैदानमा निस्किसके भने बाँकी कलाकार पनि हातखुट्टा तन्काउन थालेका छन् । यही क्रममा शुक्रबारबाट आर्यन सिग्देल पनि सुटिङमा निस्किएका छन् । उनले शुक्रबार बिहानैदेखि सुटिङमा निस्किएको जनाऊ दिएकोदियै छन् ।

शुक्रबार बिहानै सुटिङको संकेत दिने गरी तस्बिर राखेका उनले मध्यान्नमा पनौती टाइमलाइन राखी थप केही फोटो सार्वजनिक गरेका छन् जहाँ उनले सहकलाकार र प्राविधिकसँगका तस्बिर सार्वजनिक गरेका छन् । फ्रेममा ‘सेल्फी किङ’ निर्देशक विशाल सापकोटा पनि देखिएका छन् । यो सुटिङ फिल्मको हो वा म्युजिक भिडियोको हो वा विज्ञापनको हो, उनले खुलाएका छैनन् तर सुटिङमा फर्कंदा आर्यन दंगै परेका छन् ।

पहिलो महामारीपछि भने आर्यनले ‘डिसेम्बर फल्स’को सुटिङ गरेका थिए जुन अझै सकिएको छैन । यो पछि उनले ‘मिरर’मा काम गर्ने कुरा थियो तर सुटिङ मिति तय भइसके पनि बीचैमा महामारीले सरकारले लकडाउन घोषणा गरेपछि यसको सुटिङ रोकिएको थियो ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment