Search

भीमेश्वर नगरपालिका वडा नं. २ दोलखामा वित्तिय संस्था र यसको महत्व

भीमेश्वर नगरपालिका वडा नं. २ दोलखामा वित्तिय संस्था र यसको महत्व
करुणा श्रेष्ठ, भी.न.पा. –२, दोलखा ।

बाँपीझ्याला, दोलखा । दोलखा जिल्लाको मुटुमा रहेको शोभयमान भीमेश्वर नगरपालीका वडा नं. २ स्थित दोलखा शहर हालको ऐतिहासिक नगर दोलखामा भिन्न बहुसाँस्कृतिक, परम्परा, चार्डपर्व र मौलिक अनी भिन्न नेवार भाषा रहेको एक बहु आयम र बाहुल्यता भएको एक नगर हो । आर्थिक, सामाजिक, सांस्कृतीक र समसामयिक दृष्टिकोणले गतिशील बनेको यो दोलखा नगरमा विभिन्न विशेषतः नेवार जातीको बसोवास रहेको छ । यसै गरी बाह्मण, तमाङ, थामी लगायत अन्य जातजाति र भाषाभाषी बसोबास गरेको पाईन्छ ।

धार्मिक अनि पर्यटकिय दृष्टिकोणले मनोरम दृश्यले सू–सजित प्रख्यात नगर विभिन्न देव देवालय, मठ–मन्दिर रहेर छुट्टै पहिचान दिन सफल छ नगर दोलखा । ऐतिहासिक समय देखि नै भाषा संस्कृती, भेषभूष, रहनसहन यस नगरभित्रको हरेक बस्ती बसोवास गर्ने बासिन्दाहरुले एउटै धर्म , रितिरिवाज , जात्रा, पर्व लगायतका थुप्रै साँस्कृतिक, सामाजिक र आर्थिक कार्यमा संलग्न भएका छन् । त्यसैले यहाँका धार्मिक सहिष्णुताको गहिरो प्रभाव परेको देखिन्छ ।

यहाँका बस्तीहरु धेरै छन् जसमध्ये तल्लो पूर्व भेग अन्तर्गत पर्ने दुङ्गल टोल, पिङ्गल, तल्लो टोल, चामसली र गणेश टोलका बासिन्दाहरु प्रायःजसो सबैजना कृषि पेसामा आश्रित छन् । यसरी नै माथिल्लो भेग अन्तर्गत माथिल्लो टोल, पाखलती, मन्टोपरका बासिन्दाहरु प्रायःजसो व्यावसायिक क्षेत्रमा संलग्न भएको पाइन्छ । यसरी पेशा फरक फरक भएपनि साझा उदेश्य लिएर जीवन निर्वाह गरिरहेका पाईन्छ । एउटै उद्देश्य वित्तीय स्तरबाटै जिविकोपार्जनमा सक्षम बन्ने यहाँको वासिन्दाहरुको ईच्छा, आकांक्षा र रहर रहेको पाईन्छ ।

प्राचीन समयदेखि प्रारम्भ भएको साटासाट प्रणालीको कारोवार हालको वित्तीय कारोबारको योजना अझै पनि वर्तमानमा रहेको पाइन्छ । इतिहासमा नै पहिलो पटक चाँदिको सिक्का प्रचलनमा आएको नगर भनी चिनिने यो दोलखा नगरमा वित्तीय रूपमा अझै पनि नवीन पदोन्नति हुँदै आइरहेको छ । प्राचीन समयताका मुद्रालाई मौद्रिक परिमाणमा बहुमुल्य मानिएकोले पनि थोरै मानिससँग मुद्राको कारोबार भएको पाइन्छ । स–साना कपडा तथा छालाको टुक्रा जोडेर थैलो बनाइ, काठको टुक्रा जोडी सानो बाकस बनाई तथा माटोलाई खुत्रुकेको स्वरुप दिएर दैनिक जिवनको मौद्रिक आम्दानीलाई सञ्चय गरेको पाइन्छ । यसरी विभिन्न तवरबाट आफ्नो भावी सन्ततिका लागि भौतिक अथवा मौद्रिक सम्पतिको सञ्चय गरेको पाइन्छ ।

यसरी सञ्चय गर्दा वित्तीय सुरक्षा भने हुदैन थियो । यसरी सञ्चय गरेको सम्पतिबाट उत्कृष्ट उपलब्धि नभएको पाइएपछि केही साक्षर विद्वानहरुले बचतको सिद्धान्त विस्तार गर्ने धारणा ल्याए त्यस पश्चात् मुलुकभर नै वित्तीय संस्था स्थापना गर्ने निर्णय गरे । यसको विस्तार क्रमले नै दोलखा जिल्लामा पनि नेपाल सरकारको निती र नियम अनी परिधी भित्र रहेर सहकारी संस्थाहरु स्थापना गरे । प्रारम्भमा ती संस्थाहरु सञ्चालन गर्न थोरै पुँजी र सदस्य थिए भने समयको अन्तरालमा ती सबै वृद्धि भएर वित्तीय तथा आर्थिक रुपमा नै सबल भईरहेको पाइन्छ ।
थोपा थोपा मिलेर सागर बन्छ भन्ने धारणा बोकेर आफू र आफ्ना आफन्तलाई पनि बचत गर्ने प्रेरणा दिए । आजसम्मकै आँकडामा हेर्ने हो भने यस भिमेश्वर नगरपालिका भित्र वित्तीय संस्थाको स्थापनामा वृद्धि भएको छ । यसै गरी नगरपालीका भित्रके पनी वडा नं. २, दोलखामा वित्तीय संस्थाको छाप प्रभावकारी बनेको छ । यहाँ मानिसको जनसंख्या अधिक भए पनि वित्तीय संस्था कमै मात्रामा रहेको पाइन्छ । त्यसमध्ये पनि सहकारी संस्थाहरु बैंक भन्दा अलिक धेरै नै भएको पाइन्छ । पछिल्लो चरणमा यहाँ सहकारीको प्रमुख तथा शाखा कार्यालयहरुको पनि विस्तार भएको छ । ती संस्थाहरु फरक फरक उदेश्यमा स्थापना गरिएको छ ।

बचत तथा ऋण लगानीको उदेश्यले स्थापना गरिएको संस्थाहरुमा भीमेश्वर बचत तथा ऋण सहकारी संस्था लि. हाल भि.न.पा–२, पाखलतीमा अवस्थित छ । जस्ले महिला र पुरुष दुवैलाई समावेश गरि बचत संकलन गरि ब्याज दिने र पुँजीलाई ऋणमा लगानी गरी भविष्यलाई सुनिश्चित गर्ने प्रेरणा दिएको छ । यसै गरी स्थापनाको बहुउदेश्य लिई स्थापना गरिएको संस्था त्रिपुरा महिला सहकारी लि.हाल भि.न.पा–२, दुङ्गलमा अवस्थित छ । जस्ले महिलालाई मात्रै समावेश गरी बचत संकलन गर्ने ब्याज दिने र पुँजीलाई ऋणमा लगानी गरी भविष्यलाई उदेश्यन्मुख बनाउन प्रेरणा भएको पाइन्छ । यसरी नै कर्मचारीलाई वित्तीय प्रवलतामा संलग्न गराउने उदेश्यले स्थापना भएको सहकारी मिलन कर्मचारी बचत तथा ऋण सहकारी संस्था लि. हाल भि.न.पा–२, पाखलतीमा अवस्थित रहेको छ । यसै गरी भी.न.पा. वडा नं. २ सिहंवनमा सिहंवन कृषि सहकारी, बालकुमारी कृषक महिला सहकारी र प्रगती बचत तथा ऋण सहकारी संस्था आदी रहेका छन् ।

यसरी नै आफ्नो सदस्यहरुलाई सहज तथा सुविधा होस् भन्ने उदेश्यले भि.न.पा–३, चरिकोटमा अवस्थित सहकारीहरुले शाखा विस्तार गरेका छन् । सदस्यलाई समृद्ध बनाउने उदेश्यले हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि.को नगद संकलन केन्द्र हाल भि.न.पा–२, पाखलतीमा विस्तार गरिएको छ । यसरी नै सदस्यलाई सजिलै आफ्नो सेवा प्रदान गर्ने उदेश्यले स्वर्ण बचत तथा ऋण सहकारी संस्था लि.को सेवा केन्द्र हाल भि.न.पा–२, पाखलतीमा विस्तार गरिएको छ । यसै गरी फरक उदेश्य लिएर आफ्नो वित्तिय सहयात्री बटुल्न सफल मानुषी लघुवित्त जुन हाल भि.न.पा–२ मा नै अवस्थित छ । यी र यस्तै थुप्रै वित्तीय संस्था अर्थात् सहकारीहरु जसले फरक पेशामा आबद्व फरक फरक हैसियतका स्थानिय दोलखावासीहरुलाई संलग्न गराई समाजको उन्नतिमा ठूलो योगदान पुर्याएको छ ।

विभिन्न क्षेत्रमा अवसर दिलाएर घरगृहस्थी सम्हाल्ने नारीलाई अझ परनिर्भरबाट जोगाएको छ । यसरी नै वित्तिय आर्थिक कारोबारलाई उकास्न सिद्वार्थ बैंकको नगद शाखा विस्तार गरिएको छ । जस्ले गर्दा अझ सहज बनाएको छ दोलखावासीलाई । यसरी नै अन्य बैंक तथा वित्तीय संस्थाको शाखा विस्तार गर्ने हो भने भीमेश्वर नगरपालिका –२ का वासिन्दाहरु आर्थिक जगेर्ना अर्थात् अर्थोपार्जनमा अझ बढी प्रेरित हुने थिए । आर्थिक उन्नति र प्रगतपका लागि हरदम उचाइमा पुग्ने प्रयत्न गरिरहने ती पलपलका थोपाथोपा पसिनाको मूल्य कमाउन प्रेरित कर्मचारी, किसान, उद्योगी तथा व्यापारीहरु आफ्ना र सन्ततीको भविष्यका सिमारेखा कोर्न तल्लीन बन्ने थिए ।

आफ्ना हैसियत जस्तोसुकै भए पनि नर नारी दुवै बराबरी भने झैँ महिला होस् या पुरुष, धनी होस् या गरिब, सानो होस् या ठूलो आ–आफ्नो गक्ष र हैसियत अनुसारको पदस्थ हासिल गर्न अग्रज बनेका छन् र भविष्यत् मा पनि बन्ने नै छन् । स्थिति र स्तरले कसैलाई उच निच बनाउदैन भन्ने धारणा बोकेको वित्तीय संघसंस्थाहरु दुःखीका लागि ढुकुटी हुन सक्छ भने सुखीका लागि संचित गर्ने सञ्चय कोष हुनसक्छ भन्ने सन्देश पनी यी बित्तिय संस्थाहरुले दिन खोजेको पाईन्छ ।


करुणा श्रेष्ठ बाँपीझ्याला डटकमको दोलखा संवाददाता हुनु हुन्छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!