Search

आज एमाले स्थायी कमिटी बैठक, तीन एजेण्डामा छलफल हुने

आज एमाले स्थायी कमिटी बैठक, तीन एजेण्डामा छलफल हुने

१ साउन, बाँपीझ्याला, काठमाडौं । प्रतिपक्ष नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको कार्यालयमा जारी बैठक तीन एजेण्डामा केन्द्रित रहने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

उनका अनुसार पार्टी एकताका लागि कार्यदलले गरेको सहमतिमाथि छलफल गर्दै अनुमोदन हुनेछ । सर्वोच्च अदातलको फैसला तथा संसदमा पार्टीको भूमिका र पार्टीको सांगठनिक कामबारे पनि छलफल हुनेछ । उनले भने, ‘संगठन र संघर्षलाई सँगसँगै लैजाने गरी छलफल गर्छौं । माधव नेपाल पक्षले भने बैठक सार्न आग्रह गरेको छ ।

बैठकस्थलमै पुगेर पनि आग्रह गर्न सक्ने भन्दै एक स्थायी कमिटी सदस्यले भने, ‘बैठक सार्नु भएन भने हामी जाँदैनौं ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!