Search

दोलखा जिल्लामा जारी निषेधाज्ञा पुन १० दिन थपियो

दोलखा जिल्लामा जारी निषेधाज्ञा पुन १० दिन थपियो

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डिसिसिएमसिको हिजो बसेको बैठकले जिल्लामा पुन १० दिनका लागि निषेधाज्ञाको लागि सिफारिस गरिएको थियो । उक्त सिफारिस अनुसार दोलखा जिल्ला प्रशासन कार्यालयले दोलखा जिल्लामा जारी निषेधाज्ञा पुनः श्रावण १० गतेसम्म थपिएको छ ।

यसभन्दा अगाडी लगाईएको निषेधाज्ञा गए समाप्त भए संगै फेरी राति १२ बजेदेखि साउन १० गते आइतबार राति १२ सम्म लागु हुने गरि जिल्लामा पुन निषेधाज्ञा थप गरिएको दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताउनुभ भयो ।
जिल्लामा सावधानी अपनाएर व्यवसाय, व्यापार, होटल, रेष्टुरेन्ट लगायत अन्य सबै व्यवसाय साँझ ७ बजेसम्म संचालन गर्न पाइने प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो ।

यसै गरी निषेधाज्ञाको समयमा भिडभाड हुने कुनै पनि किसिमको सभा, सम्मेलन, विवाह ब्रतबन्ध, धार्मिक, साँस्कृतिक गतिविधिहरु अर्को आदेश नभएसम्म गर्न पाईने छैन । आम नागरिक, संघसंस्था, पेशाकर्मी लगायत सबैलाई निषेधाज्ञाको पुर्ण रुपमा पालना गर्न जिल्ला प्रशासन कार्यालय दोलखाले आग्रह सहित अनुरोध गरेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!