Search

आज प्रधानमन्त्री देउवा बालुवाटार निवासमा सर्दै

आज प्रधानमन्त्री देउवा बालुवाटार निवासमा सर्दै

१ साउन, बाँपीझ्याला, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज बालुवाटारस्थित सरकारी निवासमा आज बिहान १० बजे सर्दैछन् । यसरी उनी बालुवाटारस्थित निवासमा सर्न लागेको उनको सचिवालयले जनाएको छ । गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका देउवा बुढानीलकण्ठस्थित निजी निवासमा बस्दै आएका छन् । ‘आज साउने संक्रान्तिको दिन पनि पर्यो, सामान्य पूजापाठ गरेर उहाँ बालुवाटार निवास सर्ने थाहा भएको छ ।

देउवा मंगलबार साँझ प्रधानमन्त्री नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारस्थित सरकारी निवास छाडेर बालकोटस्थित निजी निवासमा सरेका थिए ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!