Search

अभिनेत्री करिना कपुर खान नयाँ विवादमा

अभिनेत्री करिना कपुर खान नयाँ विवादमा

बाँपीझ्याला, एजेन्सी । आफ्नो विवाहदेखि बच्चाको नामका लागि पनि विवादमा रहेकी बलिउड अभिनेत्री करिना कपुर खान अब नयाँ विवादमा घेरिएकी छिन् । वास्तवमा करिनाले आफ्नो गर्भावस्थाको दिनबारे एउटा किताब लेखेकी छिन् । करिनाले यसको नाम प्रेग्नेन्सी बाइबल राखेकी छिन् जसमा इसाई संगठन र अल इन्डिया माइनोरिटी बोर्ड (एआईएमबी) ले आपत्ति जताएको छ ।

किताबको नामको विषयमा अब महाराष्ट्रको बीड जिल्लामा एक इसाई संगठनले थानामा करिना कपुर र अन्य दुई जनाविरुद्ध शिवाजी नगर पुलिस स्टेशनमा ऊजुरी दर्ता गरेका छन् । ऊजुरीकर्ताले उक्त किताबमा इसाइको पवित्र शब्द ‘बाइबल’ प्रयोग गरेको बताउँदै यसले उनीहरु र क्रिश्चियन समुदायको धार्मिक भावना आहत भएको बताएका छन् ।

करिना कपुर किताब सार्वजनिक भएदेखि नै विवादमा छिन् । अल इन्डिया मोनिटरिङ बोर्डले पनि यो किताबको टाइटलमाथि आफ्नो आपत्ति जताइसकेको छ । बोर्डका अध्यक्ष डायमण्ड यूसुफले पनि नाममा आपत्ति जताउँदै लेखिकाविरुद्ध मुद्दा दर्ता गर्ने बताएका थिए ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!