Search

‘तिमी निष्ठुरी हौ’ मा सुधीर र रोशनीको रोमान्स

‘तिमी निष्ठुरी हौ’ मा सुधीर र रोशनीको रोमान्स

बाँपीझ्याला, काठमाण्डौं । गायक बेदु सारु मगरको नयाँ गीत ‘तिमी निष्ठुरी हौ’ सार्वजनिक भएको छ । सेन्टिमेन्टल गीतमा प्रेम वियोगका शब्द समेटिएका छन् । गायक मगरले दिनेश सुवेदीसँग मिलेर लेखेको गीतमा गायककै संगीत रहेको छ । दीक्षित पौडेलले गीतमा संगीत संयोजन गरेकी छन् ।

गीतको भिडियोमा प्रेम जोडी बिछोडको कथा प्रस्तुत गरिएको छ । जसमा म्युजिक भिडियोमा सुधीर श्रेष्ठ र रोशनी कार्कीको रोमान्स देख्न सकिन्छ । भिडियो स्वर्णिम थापाले निर्देशन गरेका हुन् । गायक मगरको यस अगाडि ‘डोली पियारी’, ‘तिमी नै त हौ’ लगायतका थुप्रै चर्चामा छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!