Search

नेपालबाट ‘मिस नेपाल वर्ल्ड २०२०’ नम्रता श्रेष्ठले सहभागीता जनाउँदै

नेपालबाट ‘मिस नेपाल वर्ल्ड २०२०’ नम्रता श्रेष्ठले सहभागीता जनाउँदै

बाँपीझ्याया, काठमाण्डौं । डिसेम्बर १६ तारिखमा अमेरिकाको पुएर्तोरिकोमा आयोजना हुन लागेको ‘मिस वर्ल्ड’को ‘मिस पपुलर च्वाइस’ विधाका लागि भोटिङ आह्वान गरिएको छ । विश्व सुन्दरी प्रतियोगीतामा नेपालबाट ‘मिस नेपाल वर्ल्ड २०२०’ नम्रता श्रेष्ठले सहभागीता जनाउँदैछिन् ।

‘मिस नेपाल वर्ल्ड’को आयोजक संस्था ‘दि हिडेन ट्रेजर’ र नम्रताले यो विधाका लागि भोट गर्न आफ्ना शुभेच्छुकसँग अपिल गरेका छन् । दि हिडेन ट्रेजर’ले ‘पपुलर च्वाइस’मा नेपालको विरासत कायम राख्नका लागि सबैलाई भोट गर्न अपिल गरेको छ ।

भोटिङका लागि मबस्टार एप डाउनलोड गरेर नम्रताको फोटोहरुमा लाइक र कमेन्ट गर्न सकिनेछ । नम्रताले प्राप्त लाइक र कमेन्टको आधारमा अंक प्राप्त गर्नेछिन् । गतबर्ष कोरोना महामारीका कारण विश्वकै चर्चित सौन्दर्य प्रतियोगीता आयोजना हुन सकेको थिएन ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!