Search

बुङ्गल नगरपालिकामा सामाजिक सुरक्षा भत्ताको ३९ लाख चोरी

बुङ्गल नगरपालिकामा सामाजिक सुरक्षा भत्ताको ३९ लाख चोरी

बाँपीझ्याला, बुङ्गल । बुङ्गल नगरपालिका वडा नं ९ र ११ को सामाजिक सुरक्षा भत्ता वापत वितरण गर्न राखिएको रकम सचिव वपिन्द्र महतोको कोठाबाट रु ३९ लाख मङ्गलबार राति चोरी भएको बताइएको छ । सचिव महतो वडा सदस्य धनवीर बोहराका घरमा भाडामा बस्दै आउनुभएको र पैसा पनि त्यहीँबाट चोरी भएको प्रहरीले जनाएको छ ।

घटनाको प्रकृति हेर्दा चोरी भएको भनिए पनि कोठामा तोडफोडलगायत कुनै पनि क्रियाकलाप नभएको पाइएको छ । पैसा राखिएको दराजसमेत तोडफोड नभएको हुँदा घटना शङ्कास्पद देखिएको स्थानीयवासी खड्क बोहराले बताए ।

वडा सचिव महतोसहित घरमालिकलाई सोधपुछका लागि नियन्त्रणमा लिएर अस्थायी प्रहरी चौकी पुतलीलेक र इलाका प्रहरी कार्यालय झापाले अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीको बताए । उक्त घरमा सचिवलगायत दुई जना कोठा भाडामा बस्ने गरेको र घरबेटी अर्को घरमा बस्ने गरेको बताइएको छ ।

करिब रु २१ लाख ९१ हजार वितरण गरिसकिएको र रु ३९ लाख वितरण गर्नका लागि राखिएको जनाइएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!