Search

भीमेश्वर नगरपालीका वडा न. २ राम्पा दोलखामा कोरोना संक्रमणका कारण थप एकको मृत्यु, हालसम्म मृत्यु हुनेको संंख्या १० पुग्यो

भीमेश्वर नगरपालीका वडा न. २ राम्पा दोलखामा कोरोना संक्रमणका कारण थप एकको मृत्यु, हालसम्म मृत्यु हुनेको संंख्या १० पुग्यो

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
भीमेश्वर नगरपालीका वडा न. २ राम्पा दोलखामा कोरोना संक्रमणका कारण ७२ वर्षिया वृद्धाको मृत्यु भएको छ । यो समेत हालसम्म दोलखा जिल्लामा मृत्यु हुनेको संंख्या १० पुगेको छ । कालिञ्चोक गाउँपालिका वडा नम्बर ८ स्थायी घर भई हाल भीमेश्वर नगरपालिका वडा नम्बर २ राम्पा स्थित छोरीको घरमा बस्दै आउनुभएकी ७२ वर्षिया वृद्धालाई २३ गते संक्रमण पुष्टि भएको थियो ।

उपचारका लागि मंगलबार चरिकोट अस्पतालमा भर्ना गरिएकामा उहाँको उपचारकै क्रममा हिजो बेलुकी ७ बजे मृत्यु भएको भीमेश्वर नगरपालिकाका स्वास्थ्य संयोजक श्याम खड्काले बताउनु भयो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!