Search

नेता नेपाललाई प्रधानमन्त्री देउवाको प्रस्ताव

नेता नेपाललाई प्रधानमन्त्री देउवाको प्रस्ताव

बाँपीझ्याला, काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई सरकारमा आउन प्रस्ताव गरेका छन् । नेता नेपाल निवास कोटेश्वरमै पुगेर प्रधानमन्त्री देउवाले यस्तो प्रस्ताव गरेका हुन् । नेपालसँगको भेटमा देउवाले ‘आवश्यक परेको खण्डमा पार्टी विभाजनका लागि आवश्यक कानूनी व्यवस्था मिलाइदिने’ आश्वासन समेत दिएका थिए । प्रधानमन्त्री बनाउन सहयोग गरेकाले आफूले पनि माधव समूहलाई सहयोग गर्ने देउवाले बताए । ‘

एमालेमा रहन नसक्ने भए दल विभाजन गर्न आवश्यक कानूनी प्रवन्ध मिलाउन पनि आफू तयार रहेको’ देउवाले बताए । ‘संसद जोगाउनका लागि हामी सँगै अदालत गयौं, भोली पनि संसद जोगाउन सँगै रहनुपर्छ’ भन्दै देउवाले नेता नेपालको सहयोग मागेको स्रोतले बतायो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!