Search

साउन १ गते प्रदेशभर बिदा दिने कर्णाली सरकारको निर्णय

साउन १ गते प्रदेशभर बिदा दिने कर्णाली सरकारको निर्णय

बाँपीझ्याला, सुर्खेत । कर्णाली प्रदेश सरकारले साउन १ गते प्रदेशभर बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारले ‘साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा बिदा दिने निर्णय गरेको हो । प्रदेश सरकारको २०७८ वैशाख १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले साउन एक गते प्रदेशका सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तिय संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशका प्रवक्ता तुलबहादुर खड्काले जानकारी दिए ।

खड्काले बुधबार एक सूचना सार्वजनिक गर्दै सार्वजनिक साउन १ गते सार्वजनिक बिदा भएको जानकारी गराए ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment