Search

एआईजी सरुवा कार्यान्वयन नगर्न गृहको निर्देशन

एआईजी सरुवा कार्यान्वयन नगर्न गृहको निर्देशन

बाँपीझ्याला, काठमाण्डौं । गृह मन्त्रालयले गत साता केपी नेतृत्वको सरकरले गरेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सरुवाको निर्णय कार्यान्वयन नगर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ। बुधबार पदबहाली गरेका गृहमन्त्री बालकृष्ण खाँणले उक्त निर्णय कार्यन्वयन नगर्न निर्देशन दिएका हुन्। ओली नेतृत्वको सरकारले ७ महिनामै महानगरीय प्रहरी कार्यालयका एआईजी हरि पालसहित सबैलाई सरुवा गरेको थियो। तर रमना नबुझिसकेकाले उनीहरु सरुवा भने भइसकेका थिएनन्। गृहको निर्देशनपछि बुधबार आईजीपी शैलेश थापा क्षेत्रीले अहिले रमना नबुझ्न र यथावत स्थानमै काम गर्न भन्दै फोन गरेका छन्। मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको शपथ लिएपछि गृहमन्त्रीमा बालकृष्ण खाँड नियुक्त भएका थिए।

यसअघि एआईजी हरिबहादुर पाललाई प्रहरीको कार्य विभाग सरुवा गरेको थियो। निरजबहादुर शाही अपराध अनुन्धान विभाग, प्रधुम्न कार्की महानगरीय प्रहरी कार्यालय रानीपोखरी, एआईजी विश्वराज पोखरेललाई प्रहरी प्रशिक्षण प्रतिष्ठान सरुवा गरिएको थियो। यस्तै हालै बढुवा भएका एआईजी सहकुल थापालाई मानव स्रोत एवं प्रशासन विभागमा पदस्थापन गरिएको थियो।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!