Search

देउवाद्वारा प्रधानमन्त्री शपथ ग्रहण

देउवाद्वारा प्रधानमन्त्री शपथ ग्रहण

बाँपीझ्याला, काठमाण्डौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको सपथ लिनु भएको छ। विसं. २००३ जेठ ३१ गते असिग्रााम रुवाखोलामा, गन्यापधुरा गाउँपालिका–१ डडेल्धुरामा जन्मिनुभएका देउवा पाँचौं पटक प्रधानमन्त्री नियुक्त हुनुभएको छ । वि.सं. २०२२ सालबाट कांग्रेसमा आवद्ध हुनुभएको देउवा २०५२ भदौ २६ गते पहिलो पटक प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको थियो ।

यसबीचमा उहाँ २०२७ सालमा नेविसंघको संस्थापक सदस्य, २०४८ सालमा डडेलधुराबाट सांसद निर्वाचित, २०४८ मै कांग्रेस सरकारमा गृहमन्त्री र २०५१ सालमा संसदीय दलको नेतामा निर्वाचित हुनुभएको थियो । यसैगरी २०५८ सालमा दोस्रो पटक प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको देउवालाई २०५९ असोज १८ गते राजा ज्ञानेन्द्रले प्रधानमन्त्रीबाट हटाउनु भएको थियो । २०५९ असारमा कांग्रेस प्रजातान्त्रिक गठन र सभापति हुनुभएको देउवा २०६१ जेठ २० गते तेस्रो पटक प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको थियो ।

तेस्रो पटक प्रधानमन्त्री हुनुभएको देउवालाइ नौ महिनामा नै प्रधानमन्त्रीबाट हटाइको थियो । त्यसपछि २०६४ मा कांग्रेस एकीकरणपछि वरिष्ठ नेता, २०७२ मा कांग्रेस सभापति, २०७३ मा कांग्रेस संसदीय दलको नेता हुनुभएको थियो । २०७४ जेठ २३ मा चौथो पटक प्रधानमन्त्री हुनुभएको देउवा २०७८ असार २९ गते पाँचौं पटक प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको हो ।

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालो सानो आकारको मन्त्रिमण्डल गठन गरेका छन् । देउवाको मन्त्रीमण्डलमा सहभागी हुने चार जना मन्त्रीहरुलाई आजै शपथ खुवाइएको छ ।
नवनियुक्त मन्त्रीहरुमा बालकृष्ण खाँण – गृहमन्त्री, कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की, उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रीमा पम्फा भुसाल र अर्थमन्त्रीमा जर्नादन शर्मा रहेका छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!