Search

१ हजार ६३९ जनामा सङ्क्रमण पुष्टि, २ हजार ७८ जना सङ्क्रमणमुक्त

१ हजार ६३९ जनामा सङ्क्रमण पुष्टि, २ हजार ७८ जना सङ्क्रमणमुक्त

बाँपीझ्याला, काठमाण्डौं । पछिल्लो २४ घण्टामा थप १ हजार ६३९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ७ हजार ५८ जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, ३ हजार ९५४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७५९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण १२ जनाको मृत्यु भएको छ । योसँगै ९ हजार ४ सय १२ जनाको मृत्यु भैसकेको छ । पछिल्लो २४ घण्टामा २ हजार ७८ जना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म ९४.५० प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!