Search

एमालेको स्थायी कमिटी बैठक आज मंगलवार दिउँसो १ बजे बस्दै

एमालेको स्थायी कमिटी बैठक आज मंगलवार दिउँसो १ बजे बस्दै

बाँपीझ्याला, काठमाण्डौं । काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज मंगलवार दिउँसो १ बजे बस्दैछ । यसरी दिउँसो १ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको एमाले सचिव शेर बहादुर तामाङले बताए । उनका अनुसार आज बस्ने स्थायी कमिटी बैठकमा मुख्यगरी तीन एजेण्डामा छलफल हुनेछ ।
जसमा एमाले भित्रकोआन्तरिक विवाद मिलाउनका लागि गठित कार्यदलमा भएको सहमतिको १० बुँदालाई अनुमोदन गरिनेछ । यस्तै सोमवार सर्वोच्च अदालतले गरेको फैसला र यसपछिको राजनीतिक घटनाक्रमबारे पनि एमाले स्थायी कमिटी बैठकमा छलफल गर्ने । सचिव तामाङका अनुसार, केन्द्रीय कमिटीको बैठकको एजेण्डाबारे पनि स्थायी कमिटीमा छलफल हुनेछ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!