Search

लघुकथा-पुकार

लघुकथा-पुकार

सत्या अधिकारी
गुहार ! गुहार ! मेरो माछा फार्म बगायो, छोरो बगायो, भएभरको सम्पत्ति बगायो। लौ न गुहार! मेरो घरै बगायो । हेर्दा हेर्दै सब चिज बगायो। मान्छेहरु कराउँदै थिए । मान्छेका हाहाकार सुनेर होला , खोला भने एक तमाससंग बौलाउँदै भन्न थाल्यो, हेर मनुवा! तिमिहरु आफैं लेख्छौ किताब “नदि किनारको सभ्यता भनेर ” तर पढ्दैनौ।

न व्यबहारमा उतार्छौ। एक दिन मैले आफ्नो बाटो खोज्छु भन्ने थाहा हुँदा हुँदै पनि अटेर गरि स्थानीय निकायले जहाँ पायो त्यहीँ रुख रोप्नुको सट्टामा घर बनाउन अनुमती दिन्छौ। यति मात्रै कहाँ हो र ? बैंकहरुले लगानी गर्दा बिना मुल्यांकन भनसुनको आधारमा जोखिमलाई बढवा दिएको परिणाम आज तिमिहरुले भोग्नु परेको हो।

खोलाका सबै कुरा सुन्न र मनन् गर्न नसकेका मान्छेहरु फेरि चिच्याउदै थिए” बचाउ ! बचाउ! खोला हाम्रो घरमा पस्यो। सबै सिध्याउन लाग्यो। यति धेरै चीत्कार सुनिराखेको खोला केही बेर शान्त हुँदै सबैलाई सजग गराउँदै बोल्न थाल्यो, खबर्दार! सबैले सुन ! “म कसैको घरमा पसेको छैन बरु घरहरुनै मेरोमा पसेका हुन्। आफ्नो बाटोमा बग्नु मेरो धर्म हो।”

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!