Search

सुरक्षा निकायलाई उच्च सर्तकता अपनाउन निर्देशन

सुरक्षा निकायलाई उच्च सर्तकता अपनाउन निर्देशन

बाँपीझ्याला, काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले परमादेश दिएपछि गृहसचिव महेश्वर न्यौपानेले उच्च सुरक्षा सतर्कता अपनाउन र विशेष सुरक्षा योजना बनाएर लागू गर्न निर्देशन दिनुभएको हो ।

सोमबार साँझ सचिवस्तरीय बैठकले देशभर सुरक्षा सतर्कता बढाउने निर्णय गरेको थियो । लगतै गृहसचिव न्यौपानेले मातहतका निकायलाई निर्देशन दिनुभएको हो ।

गृहले यसका लागि प्रशासन र सुरक्षा निकायलाई एकिकृत सुरक्षा योजना लागू गर्न पनि भनेको छ । गृहको परिपत्र सोमबार साँझ नै सबै जिल्ला प्रशासनमा पठाइ सकिएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!