Search

जिल्ला प्रहरी कार्यालय दोलखाले फरार ८४ जना अभियुक्त पक्राउ गरि जिल्ला अदालतमा पेश

जिल्ला प्रहरी कार्यालय दोलखाले फरार ८४ जना अभियुक्त पक्राउ गरि जिल्ला अदालतमा पेश

अजय प्रधान,
बाँपीझ्याला, काठमाण्डौं ।
जिल्ला प्रहरी कार्यालय चरिकोट दोलखाले २०७७ श्रावण महिना देखी हालसम्म जिल्ला प्रहरी कार्यालय चरिकोट दोलखा तथा मातहतबाट बिभिन्न मुद्दामा कैद तथा जरिवाना लागेर फरार रहेका अभियुक्तलाई पक्राउ ८४ जना फरार अभियुक्तलाई पक्राउ गरि जिल्ला अदालतमा पेश गरेको छ ।
फरार कैदिहरुबाट १२ बर्ष १० महिना १५ दिन कैद र नगद तिन लाख छयासी हजार चौवन्न रुपैया पचासी पैसा असुल उपर भएको दोलखाका प्रहरी निरीक्षक अन्जन कोइरालाले जानकारी दिनुभयो । यसैबीच जिल्ला प्रहरी कार्यालय चरिकोट दोलखाले चोरी मुद्दामा ११ बर्ष १ महिना ५ दिन कैद लागेका एक पुरुषलाई दोलखा जिल्ला अदालत पेश गरेको छ ।

यसै गरी मेलुङ गाउँपालिका वडा नम्बर २ घ्याङसुकाठोकर बस्ने २८ वर्षिया गोपी कटुवाललाई शुक्रबार प्रहरी टोलीले पक्राउ गरि दोलखा जिल्ला अदालतमा पेश गरेको छ । निज कटुवाललाई चोरी मुद्दामा अदालतबाट २०६५ साल असोज २० गतेको आदेश अनुसार ११ बर्ष १ महिना ५ दिन कैद सजाय तोकिएको थियो ।

कटुवालले २०६५ साल बैशाख १६ गते फस्कुको चरङ्गे जंगलमा तुलसा बुढाथोकी र कालिका बुढाथोकीको साथमा रहेको नगद तथा गरगहनाजबरजस्ती चोरी गरेको थिए ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!