Search

एआईएनले खोप वितरणमा भेदभाव नगर्न आग्रह

एआईएनले खोप वितरणमा भेदभाव नगर्न आग्रह

बाँपीझ्याला, काठमाडौं । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था संघ एआईएनले भेदभावरहित रुपमा कोरोना भाइरस कोभिड –१९ विरुद्धको खोप वितरण गर्न आग्रह गरेको छ। एक अपिल जारी गर्दै एआईएनले खोप वितरण निःशुल्क र भेदभावरहित रुपमा हुनुपर्नेमा जोड दिएको हो । अपिलमा भनिएको छ – अग्रपक्तीमा रहेर जोखिम समूहमा रहेका जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, दीर्घरोगी र विकास निर्माण कार्यको अग्रस्थानमा रहेकाहरुलाई लक्षित गर्दै कोभिड–१९ भ्याक्सिन वितरण गर्न आग्रह गर्दछौं भनिएको छ ।

विदेशी मुलुक अमेरिका, चीनलगायतका देशबाट विभिन्न देशहरुमा खोप आयात भइरहेको सन्दर्भमा एआईएनले यस्तो आग्रह गरेको हो ।

एआईएन अध्यक्ष सुशील कोइरालाद्वारा जारी अपिलमा भनिएको छ – मानवीय संकट पार गर्न अमेरिका, युरोपेली मुलुकहरु, जी७ लगायत अन्य विकसित देशहरुमा रहेको स्टक भ्याक्सिन नेपाल जस्ता मुलुकहरुलाई महत्वपूर्ण हुने उल्लेख छ ।

संसारभर असमानरुपमा भ्याक्सिन वितरण भइरहेको र निश्चित देशहरुले असंख्य मात्रामा खोप कब्जा गरेका कारण नेपाल जस्ता मुलुकहरु समस्यामा परेको समेत अपिलमा उल्लेख गरिएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!