Search

१०बुँदे सहमती प्रति नेपाल समुह असन्टुष्टी

१०बुँदे सहमती प्रति नेपाल समुह असन्टुष्टी

२८ असार, बाँपीझ्याला, काठमाडौं । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाल पक्षका दोस्रो तहका नेताहरु रहेको कार्यदलले आइतबार साँझ १० बुँदे सहमति गरेको थियो । तर १०बुँदे सहमतिप्रति नेकपा एमालेको माधवकुमार नेपाल समूहमा असन्तुष्टि देखिएको छ । यो सहमति २८ फागुनमा अध्यक्ष केपी शर्मा ओली समूहले गरेको निर्णयलाई स्वीकार गरेसरह भएको उनीहरुको तर्क छ ।

नेपाल पक्षका कतिपय नेताहरुले सहमति जस्ताको तस्तै स्वीकार गर्न नहुने बताएका छन् । उनीहरुमध्ये एक राजेन्द्र राई भन्छन्, ‘जे कारणले विद्रोह गरियो, त्यसलाई सम्बोधन गरिएको छैन । यथास्थितिमा यो स्वीकार गर्न सकिंदैन ।’

रातारात सहमति गरेको र अदालतलाई प्रभावित पार्ने गरी अपव्याख्या भएको भन्दै नेता नेपाल स्वयंले असन्तुष्टि जनाएका छन् । उनले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा २३ सांसदको हस्ताक्षर र मान्यता कायमै रहेको बताएका छन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले प्रतिनिधिसभा र संविधान मास्ने काम गरेको, पार्टी स्वेच्छाचारी ढंगले चलाएपछि आफूहरुले विद्रोह गरेको राईले बताए । तर भोलिका दिनमा त्यस्तो हुँदैन भन्ने सुनिश्चितता पनि नभएको भन्दै उनले भने, ‘हामी ८०९० जना केन्द्रीय सदस्यमध्ये धेरैलाई यो स्वीकार्य छैन ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!