Search

रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालीकामा कोरोना फैलियो

रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालीकामा कोरोना फैलियो

अजय प्रधान,
बाँपीझ्याला, रामेछाप ।
रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालीकामा कोरोना संक्रमण फैलिएको छ । यसरी कोरोना संक्रमण भएका गम्भिर विरामी भएकाहरुलाई जिल्ला बाहिर काठमाण्डौं र जिल्लाका बिभिन्न अस्पतालमा रिफर गरिएको थाहा भएको छ । उमाकुण्ड अस्पतालमा उपचारार्थ एक पुरुष बिरामीलाई हिजो स्वास्थ्यमा समस्या देखिएपछी काठमाण्डौं रिफर गरिएको अस्पतालमा कार्यरत डा. पेमा डेचेन गुरुङले बताउनु भयो ।

अहिलेसम्म कोरोना संक्रमणबाट विरामी भएकाहरुमा महिला २ जना र पुरुष ६ जना गरी ८ जना रहेको छ । कोरोना महामारीलाई रोक्न लगाईएको निषेधाज्ञा अलि खुकुलो भए सँगै जिल्लाको यस गाउँपालीकामा संक्रमणको संख्या बढ्दै गएको थाहा भएको छ । यसरी पछिल्लो चरणमा उक्त गाउँपालिकामा ७ शय २५ जना स्थानिय नागरिकहरुको एन्टीजेन परिक्षण गर्दा ७५ जना संक्रमण पुष्टी भएको छ ।

तर पिसिआरको भने परिक्षण संख्या भने जानकारी भएको छैननी ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!