Search

आज दोलखामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

आज दोलखामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
पछिल्लो २४ घण्टामा दोलखामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चरिकोट अस्पतालको पिसिआर ल्यावमा ३४ जनाको पिसिआर परिक्षण गरिएकामा ९ जनामा संक्रमण पुष्टि भएको हो । यसै गरी आज जिल्लाका दुई नगरपालिका सहित ७ गाउँपालिका गरि ९ वटै स्थानीय तहमा ५ जनाको एन्टिजिन परिक्षण गरिएकोमा सबै जनाको रिर्पोट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । हालसम्म जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या २ सय २६ पुगेको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

जसमा जिल्लाको भीमेश्वर नगरपालिकामा ३४ पुरुष र ४५ महिला गरि ७९ जना, जिरी नगरपालिकामा ८ पुरुष र ३ महिला ११ जना, कालिञ्चोक गाउँपालिकामा २६ पुरुष र एक महिला गरि २७ जना, गौरीशंकर गाउँपालिकामा २० पुरुष र ६ महिला गरि २६ जना, विगु गाउँपालिकामा ३० पुरुष र ८ महिला गरि ३८ जना, तामाकोशी गाउँपालिकामा २२ पुरुष र ८ महिला गरि ३० जना, शैलुङ गाउँपालिकामा एक पुरुष र २ महिला गरि ३ जना, मेलुङ गाउँपालिकामा १२ पुरुष र १३ महिला गरि २५ र वैतेश्वर गाउँपालिकामा १३ पुरुष र १४ महिला गरि २७ जना रहेका छन् ।
यस्तै हालसम्म एक हजार ९ सय २६ जना कोरोना संक्रमित निको भएका छन् ।

भीमेश्वर नगरपालिकाबाट ६ सय ८ जना, जिरी नगरपालिकाबाट १ सय २० जना, कालिञ्चोक गाउँपालिकाबाट १ सय ५२ जना, गौरीशंकर गाउँपालिकाबाट १ सय ७ जना, विगु गाउँपालिकाबाट १ सय ३१ जना, तामाकोशी गाउँपालिकाबाट ३ सय ८७ जना, शैलुङ गाउँपालिकाबाट १ सय ४६, मेलुङ गाउँपालिकाबाट १ सय ३७ जना र वैतेश्वर गाउँपालिकाबाट १ सय ३८ जना निको भएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!