Search

पार्टी एकताको सन्देश भोलि दिन्छौँ : गोकर्ण विष्ट

पार्टी एकताको सन्देश भोलि दिन्छौँ : गोकर्ण विष्ट

२६ असार, बाँपीझ्याला, काठमाडौं । दुई समूहमा विभाजित नेकपा एमालेको एकताको सन्देश भोलि दिइने नेपाल समूहका नेता गोकर्ण विष्टले बताएका छन् । शनिबार सिंहदरबारमा एमाले एकता गर्न गठित कार्यदलको बैठकले एकताको सन्देश दिन नसकेपनि भोलिचाहीँ एकताको सन्देश दिएरै छाड्ने उनले बताए ।

बैठकपछि सञ्चारकर्मीसँग उनले भने, ‘हामी अन्तिम निष्कर्षमा आएका छौं। सुखद् समाचार सुन्नका लागि भोलिभन्दार पर जानुपर्दैन ।’

हिजो शुक्रबार १८ घन्टापछि सहमतिको बुँदाहरु थाहा हुने भनिएको थियो । तर, उक्त समयसीमा सकिए पनि एकताको सन्देश दिन कार्यदल असक्षम भएको छ । यद्यपि, भोलि जसरी भए पनि एकताको सन्देश दिइने विष्टले बताए ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!