Search

१ हजार ३५३ जनामा सङ्क्रमण, १ हजार ४३२ सङ्क्रमणमुक्त, २२ को मृत्यु

१ हजार ३५३ जनामा सङ्क्रमण, १ हजार ४३२ सङ्क्रमणमुक्त, २२ को मृत्यु

बाँपीझ्याला, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ३५३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको ६ हजार ५३० जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै ३ हजार ८८७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण २२ जनाको मृत्यु भएको छ । योसँगै ९ हजार ३६२ जनाको मृत्यु भैसकेको छ ।पछिल्लो २४ घण्टामा एक हजार ४३२ जना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म ९४.५ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment