Search

यो महिनाको अन्त्यमा तामाकोसीमा थप ७६ मेगावाट थपिँदै

यो महिनाको अन्त्यमा तामाकोसीमा थप ७६ मेगावाट थपिँदै

बाँपीझ्याला, काठमाडौं । दोलखा जिल्ला तामाकोसी जलविद्युत् आयोजनाले यसै सातादेखि दोस्रो टर्वाइनबाट विद्युत् उत्पादन गर्ने भएको छ । आयोजनाबाट थप ७६ मेगावाट विद्युत् उत्पादन गरी यसै सातादेखि राष्ट्रिय प्रसारण लाइनमा जोड्न लागेको हो । यो महिनाको अन्त्यमा ७६ मेगावाट थपिएपछि माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको १५२ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिनेछ ।

आफ्नै खर्चमा आयोजनाले हालै निर्माण सम्पन्न गरेको नेपालकै दोस्रो ठूलो २२०÷१३२ केभी देवीटार सवस्टेसन हुँदै तामाकोसीको ४५६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण सञ्जालमा जोडिने ओयोजनाले जनाएको छ ।

भदौ अन्त्यसम्ममा छ वटै टर्वाइनबाट उत्पादित ४५६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न तीव्र रूपमा काम भइरहेको छ । असार २१ गते उद्घाटन भएलगत्तै ७६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment