Search

आज सामान्यदेखि पूर्ण बदली भइ केही स्थानमा धेरै वर्षा हुने

आज सामान्यदेखि पूर्ण बदली भइ केही स्थानमा धेरै वर्षा हुने

बाँपीझ्याला, काठमाडौ‌ । देशभर मनसुनी वायुको प्रभाव रहेकाले देशभर सामान्य देखि पूर्ण बदली छ । देशका विभिन्न स्थानमा आज सामान्यदेखि पूर्ण बदली भइ केही स्थानमा धेरै वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बागमती प्रदेश,गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको र भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन÷ चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै प्रदेश १, बागमती प्रदेश र सुदुर पश्चिम प्रदेशको एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । मौसम बुलेटिन जारी गर्दै महाशाखाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!