Search

योगदान राष्ट्रको लागि दोलखा र बोधिसत्व बिहारले दोलखा स्वास्थ्य चौकी स्वास्थ्य सामाग्री हस्तान्तरण

योगदान राष्ट्रको लागि दोलखा र बोधिसत्व बिहारले दोलखा स्वास्थ्य चौकी स्वास्थ्य सामाग्री हस्तान्तरण

बद्री दाहाल,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्ला भीमेश्वर नगरपालीका वडा नं. २ दोलखामा स्थित दोलखा स्वास्थ्य चौकीमा अग्रस्थानमा रही काम गर्नु पर्ने स्वास्थ्य कर्मीहरुलाई बद्री दाहालको विशेष सक्रियता र पहलमा योगदान राष्ट्रको लागि दोलखा र बोधिसत्व बिहार काठमाडौको सहयोगमा स्वास्थ्यकर्मीहरू बितरण गरिएको छ । जसमा राख्न पिपिई सेट १० सेट , पल्स अक्सिमिटर २ थान, सर्जिकल माक्स ५०० वटा माक्स ५० वटा , थर्मल गन १ वटा , टप ग्लोभ्स १०० पिस चस्मा १० गोटा , नर्सिङ क्याप १०० गोटा र फेस सिल्ड १० वटा रहेको छ ।

उक्त स्वास्थ्य सामाग्री संस्थाको वरिष्ठ सल्लाहकार श्री तक्त्त जिरेलबाट स्वास्थ्य व्यवस्थापन समितिको अध्यक्ष तथा वडाध्यक्ष विराजमान श्रेष्ठलाई हस्तान्तरण गरियो सोहि समयमा अध्यक्ष श्रेष्ठले दोलखा स्वास्थ्य चौकि प्रमुख श्री रामकृष्ण मास्के लाई जिम्मा लगाउनु भयो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!