Search

पञ्चाङ्ग निर्णायक समितिको अध्यक्षमा प्रा श्रीकृष्ण अधिकारीलाई नियुक्त

पञ्चाङ्ग निर्णायक समितिको अध्यक्षमा प्रा श्रीकृष्ण अधिकारीलाई नियुक्त

बाँपीझ्याला, काठमाण्डौं, रासस । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्षमा प्रा श्रीकृष्ण अधिकारीलाई नियुक्त गरेको छ । यही असार २२ गते मन्त्रिपरिषद्को निर्णयानुसार नेपाल संस्कृत विश्वविद्यालयमा ज्योतिष विषयमा लामो समय प्राध्यापन गरेका अधिकारीलाई समितिको गठन आदेश २०७७ को दफा ३ अनुसार नियुक्त गरिएको हो । यसैगरी मन्त्रालयको संस्कृति शाखा प्रमुख समितिको पदेन सदस्य रहने व्यवस्था गठन आदेशमा गरिएको छ ।

समितिका सदस्यमा संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराई, डा वासुदेव कोइराला, तनुजा दाहाल, ज्योतिष पण्डित पद्मनाभ त्रिपाठी र सदस्य सचिवमा पञ्चाङ्गकार सूर्यप्रसाद ढुङ्गेल रहेको मन्त्रालयका संस्कृति महाशाखा प्रमुख लक्ष्मीकुमारी बस्नेतले जानकारी दिइन् । सदस्य सचिव ढुङ्गेललाई समितिको कार्यकारी निर्देशकका रुपमा काम गर्ने गरी जिम्मेवारी दिइएको छ ।

गत वर्ष पुस २० गते मन्त्रिपरिषद्ले पारित गरेको गठन आदेशका आधारमा यो पहिलो समिति गठन गरिएको हो । यसअघि समितिका अध्यक्षका रुपमा मङ्गलराज जोशी, प्रा डा माधव भट्टराई र प्रा डा रामचन्द्र गौतमले काम गरिसकेका छन् । समितिका सम्बन्धमा गठन आदेश पारित भएर गठन भएको यो पहिलो समूह हो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!