Search

राजश्व संकलन गर्ने बैंकका शाखा तथा काउन्टरहरु भोलि शनिबार पनि खुला

राजश्व संकलन गर्ने बैंकका शाखा तथा काउन्टरहरु भोलि शनिबार पनि खुला

२५ असार, बाँपीझ्याला, काठमाडौं । चालु आर्थिक वर्षको अन्तिम शनिबार भएका कारण बैंकहरुले राजश्व संकलनका लागि समस्या नहोस् भनेर राजश्व संकलन गर्ने बैंकका शाखा तथा काउन्टरहरु भोलि शनिबार पनि खुला राख्ने भएका छन् । त्रैमासको अन्तिम दिन सार्वजनिक बिदा वा २५ गते पछाडि शनिबार परे शाखा कार्यालयहरु खुला राख्न नेपाल राष्ट्र बैंकले सूचना निकालेर बैंकहरुलाई निर्देशन दिने गरेको थियो । शुक्रबार भने राष्ट बैंकले सूचना निकालेको छैन ।

यसरी चौथो त्रैमासको अन्तिम शनिबार भएका कारण बैंकले शाखा तथा काउन्टरहरु खोलेर सेवा दिन सक्ने राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए । ‘त्रैमासको २५ गते पछाडि शनिबार परे पनि खोल्नु भनेर हामीले स्टाण्डिङ निर्देशन दिएका छौं, यसकारण हामीले आज निर्देशन नदिए पनि आवश्यकताका आधारमा बैंकले शाखा कार्यालयहरु खुला नै राख्नेछन्,’ प्रवक्ता ढकालले भने ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!