Search

जेनी कुँवरको पशुपति आर्यघाटमा दाहासंकार

जेनी कुँवरको पशुपति आर्यघाटमा दाहासंकार

बाँपीझ्याला, काठमाण्डौं । बिहिबार बेलुकी आफ्नै अपार्टमेन्टमा आत्महत्या गरेकी नायिका तथा निर्मात्री जेनी कुँवरको पशुपति आर्यघाटमा आज दाहसंकार गरिएको छ । दाहसंकार अगाडि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । नेपाल चलचित्र कलाकार संघले श्रद्धाञ्जली सभाको आयोजना गरेको हो ।

उनलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि चलचित्र क्षेत्रका विभिन्न कलाकार, प्राविधिक, निर्माता, निर्देशकहरु पुगेका थिए । नेपाली चलचित्र क्षेत्रमा दर्जन बढी चलचित्रमा अभिनय गरेकी जेनीले ३ वटा चलचित्रको निर्माण समेत गरेकी थिइन् । उनका २ छोरी र श्रीमान् छन् । २ छोरी अमेरिकामा र अष्ट्रेलियामा रहेका छन् ।

जेनीले अभिनय गरेको ‘घायल, हलचल, मिस्टर डन, जीवनदाता, हाम्रो मिलन कहिले हुन्छ’ लगायतका चलचित्रमा अभिनय गरेकी थिइन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!