Search

बलिउड अभिनेता दिलीप कुमारको निधन

बलिउड अभिनेता दिलीप कुमारको निधन

बाँपीझ्याला, एजेन्सी । बलिउड अभिनेता दिलीप कुमारको निधन भएको छ । भारतीय समयानुसार बुधबार बिहान साढे सात बजे मुम्‍बईको खार हिंदुजा अस्पतालमा ९८ वर्षको उमेरमा उनको निधन भएको भारतीय सञ्‍चार माध्‍यमले जनाएका छन् । समाचारमा जनाइएअनुसार उनी लामो समयदेखि बिरामी थिए । उनले ज्वार भाटा, १९४४, अंदाजु १९४९, आनु १९५२, देवदासु १९५५, आजादु १९५५, मुगल एआजमु १९६०, गंगा जमुनाु १९६१, क्रान्तिु १९९१, कर्मा १९८६ और सौदागरु १९९१ समेतगरी ५० भन्‍दा बढी बलिउड फिल्‍ममा अभिनय गरेका छन् ।

उनले ८ पटक ुबेस्ट एक्टरु का रूपमा फिल्मफेयर अवार्ड पाएका थिए । यस्‍तै हिन्‍दी सिनेमामा सबैभन्‍दा ठूलो सम्‍मान मानिने ुदादा साहेब फाल्के अवार्डुबाट पनि उनलाई सम्‍मानित गरिएको थियो । सन २०१५ मा भारत सरकारले उनलाई पद्‍म भूषण पनि दिएको थियो ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment