Search

युरोकप फुटबल अपडेट: फाईनल प्रवेसका लागि इंग्ल्यान्ड र डेनमार्क भिड्दै

युरोकप फुटबल अपडेट: फाईनल प्रवेसका लागि इंग्ल्यान्ड र डेनमार्क भिड्दै

३ असार, बाँपीझ्याला, एजेन्सी । युरोपमा जारी १६ औं संस्करणको युरोकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज (बुधबार) राति हुँदैछ । फाईनल प्रवेसका लागि इंग्ल्यान्ड र डेनमार्क भिड्दै छन् । खेल वेम्बली स्टेडियममा टोलीले प्रतिस्पर्धा गर्ने छन् । इंग्ल्यान्ड र डेनमार्कबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

इंग्ल्यान्ड र डेनमार्क जित निकाल्दै फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् । त्यसैले दुई ठुला टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।

यस खेलको विजेताले फाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । इटाली पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराएर फाइनल प्रवेश गरिसकेको छ ।

इंग्ल्यान्ड र डेनमार्कबीच अहिलेसम्म २१ पटक प्रतिस्पर्धा भएको छ । जसमा इंग्ल्यान्ड १२ खेलमा जित निकाल्दा डेनमार्कले ४ खेल जितेको छ । दुई टिमबीच ५ खेल बराबरीमा सकिएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!