Search

दोलखा मञ्जुश्री (मनेश्वरी) मन्दिर ५० लाखको लागतमा निर्माण हुर्दै (फोटो फिचर सहीत)

दोलखा मञ्जुश्री (मनेश्वरी) मन्दिर ५० लाखको लागतमा निर्माण हुर्दै (फोटो फिचर सहीत)

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
पर्यटन मन्त्रालय सहयोग र पर्यटन विकास वोर्डको सहकार्यमा भीमेश्वर नगरपालीका वडा नं. २ स्थित ऐतिहासिक शहर दोलखाको त्रिशुल्चा डाँडामा अवस्थित मञ्जुश्री मनेश्वरी सरस्वती मन्दीर निर्माणाधिन अवस्थामा रहेको छ । मन्जुश्री पार्कको मध्यभागको चुचुरा रहेकोे यस मन्दिर निर्माण गर्नको लागि ५० लाख प्राप्त भएको छ ।

यस बारेमा भीमेश्वर नगरपालीका वडा नं. २ दोलखाका वडाध्यक्ष विराजमान श्रेष्ठसँग सम्पर्क गर्दा मञ्जुश्री सरस्वती मन्दिर निर्माण गर्नको लागि पर्यटन मन्त्रालयको सहयोग र पर्यटन विकासको सहकार्यमा रु. ५० लाख सहयोग रकम प्राप्त भएको छ । यस कार्यको लागि भीमेश्वर नगरपालीका वडा नंं २ को पहल र समाजसेवी तथा पर्यटन विकास वोर्डका अध्यक्ष बैकुण्ठ नारायण प्रधानको विशेष सक्रियता रहेको बताउनु भयो । यसै गरी यस बजेटबाट मञ्जुश्री मन्दिरदेखि दोलखा भीमेश्वर मन्दिर जाने बाटो निर्माण गर्न र उक्त मन्दिर जाने प्रवेशद्वार समेत बनाई रहेको बताउनु भयो ।

केही महिना अगाडी अपरिचीत कुनै व्यक्ती त्यहा गएर मन्दिर माथी बसी तश्विर खिचेको र उक्त तश्वीर सामाजिक सञ्जालमा भाईरल समेत भएको अवस्थालाई मध्यनजर गरी र यसै गरी यस्ता कार्यहरु फेरी फेरी नदोहोरोस भन्ने अभिप्राय अनी सुरक्षाको दृष्टिकोणले बनाउ पर्ने आवश्यकता देखिएकोले पनी यस मन्दिर बनाएको वडाध्यक्ष श्रेष्ठले बताउनु भयो ।

यसै गरी पर्यटन क्षेत्रका हिसावले हेर्दा दोलखाको गहनाको रुपले रहेको यस मञ्जुश्री पार्क र चम्पूजा पार्क लगाएत अन्य धेरै पार्कहरुको प्रर्वद्धन सुरक्षा गरेर अगाडी बढ्नु पर्ने अहिलेको दोलखाको महत्वपूर्ण आवश्यकता रहेकोले त्यही सिलसिलामा निर्माण शुरु गरिएको बताउनुका साथै यस कार्यले दोलखामा आन्तरीक, बाह्य पर्यटकहरुको आगमनमा समेत सहयोग पुग्नेमा आफु विश्वस्त रहेको बताउनु भयो ।

यसै गरि यस मन्दिर र यसको मास्टर प्लान बनाउन ईन्जिनियर प्रतिक प्रधानको विशेष सहयोग रहेको समेत बताउनु भयो ।

यस सम्वन्धमा मन्दिर निर्माण समितीका संयोजक ईन्द्रलाल श्रेष्ठसँग सम्पर्क गर्दा मन्दिर निमार्ण अन्तिम चरणमा पुगीसकेको र केही फेन्सीङमात्र बाँकी रहेको बताउनु भयो ।

फोटो : बाँपीझ्याल डटकम र ईन्द्रलाल श्रेष्ठ

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment