Search

घरेलु हिंसा लैङ्गीक समानता तथा समसामयिक कानून सम्वन्धी प्रशिक्षण कार्यक्रमको समापन

घरेलु हिंसा लैङ्गीक समानता तथा समसामयिक कानून सम्वन्धी प्रशिक्षण कार्यक्रमको समापन

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
भीमेश्वर नगरपालीका चरिकोट दोलखाको वित्तिय सहयोग र कम्युनिटी रुरल डेभलप्मेन्ट सोसाईटी नेपाल दोलखाको आयोजनामा “घरेलु हिंसा लैङ्गिक समानता तथा समसामयिक कानून सम्वन्धी” प्रशिक्षण आज समापन भएको हो । यही २०७८ अषाढ २० गतेदेखि आज २२ गतेसम्म भीमेश्वर नगरपालीका वडा नं. २ दोलखा स्थित चम्पूजाको पार्कको सभाहलमा सञ्चालन भएको थियो ।
भीमेश्वर नगरपालीकाका उपप्रमुख कमला बस्नेत र वडा नं. २ का वडाध्यक्ष विराजमान श्रेष्ठले संयुक्त रुपमा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

संस्थाका अध्यक्ष प्रविण प्रधानको अध्यक्षतामा उक्त प्रशिक्षण कार्यक्रमको समापन गरिएको थियो । संस्थाको अध्यक्ष एवं यस प्रशिक्षण कार्यक्रमका संयोजक प्रविण प्रधानले सम्वन्ध विच्छेद सम्वन्धी कानूनी व्यवस्था, विवाह सम्वन्धी कानुनी व्यवस्था र अन्तरदेशिय धर्मपुत्र वा धर्मपुत्री सम्वन्धी व्यवस्था शिर्षकमा सहजीकरण गर्नु भएको थियो । यसै गरी भीमेश्वर नगरपालीकाका उपप्रमुख कमला बस्नेतले महिला र नेतृत्व विकासमा महिलाको भुमिका उद्यमशिलता र महिला उद्यमसिलतामा नगरपालिकाको भुमिका विषयमा सहजीकरण गर्नु भएको थियो ।

दोलखा जिल्ला अदालतका एकरामुल हकले गर्भ संरक्षण सम्वन्धी कानुनी अधिकार सम्वन्धी सहजीकरण गर्नु भएको थियो भने श्रेष्तेदार शिव कुमार पोखरेलले सार्वजनिक हित, स्वास्थ, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर र महिला विरुद्ध हुन्े अपराध मानवअधिकार सम्वन्धी सहजीकरण गर्नु भएको थियो । यसै गरी भीमेश्वर नगरपालीकाका प्रशासकिय अधिकृत नारायण सेडाईले सार्वजनिक हित, स्वास्थ, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर सम्वन्धी र कुटपिट र लुटपिट सम्वन्धी कानूनी व्यवस्था सम्वन्धी सहजीकरण गर्नु भएको थियो । यसै गरी उपेन्द्र प्रधानले व्यवसाय, यसको पहिचान र विशेषता बारेमा सहजीकरण गर्नु भएको थियो ।

अन्तमा कार्यक्रमका संयोजक गोपाल प्रधानले सहभागी लगाएत सम्पूर्णमा धन्यवाद दिनु भएको थियो । यसै गरी संस्थाका अध्यक्ष प्रविण प्रधान एवं प्रशिक्षक संयोजक प्रविण प्रधानले सहभागीहरु सवैले प्रशिक्षण अवधीभर सिकाएका कुराहरुलाई व्यवहारमा लागू गर्नेमा आफु आशावादी रहेको र यसले सवैलाई सहजीकरण गर्न सहयोग पुग्ने कुरामा विश्वस्त रहेको बताउनु हुर्दै उपस्थित सवैमा हार्दिक आभार व्यक्त गर्नु भयो । साथै कार्यक्रम संचालनको लागि हल उपलब्ध गराउने, यातायात उपलब्ध गराई सहयोग गर्ने युवा व्यवासायी विक्रम मल्ल लगाएत सवै क्षेत्रबाट तालिम सम्पन्न गर्न सहयोग गर्नु हुने महानुभावलाई धन्यवाद ज्ञापन गर्नुका साथै कार्यक्रम समापन गर्नु भएको थियो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!