Search

अभिनेत्री प्रियंकाले सार्वजनिक गरिन् ‘बेबी सावर’ का तस्बिर

अभिनेत्री  प्रियंकाले सार्वजनिक गरिन् ‘बेबी सावर’ का तस्बिर

बाँपीझ्याला, काठमाण्डौं । अभिनेत्री प्रियंका कार्की विवाद र चर्चामा बारम्बार छाउने गर्दछिन् । उनले सामाजिक सञ्जालबाट सार्वजनिक गर्ने तस्विरले समेत चर्चा पाउने गरेको छ । पछिल्लो समय उनी सामाजिक सञ्जालमा बेबी–बम्पवाला तस्बिरका कारणले बारम्बार चर्चामा छाएकी थिइन् । सायद त्यसैले पनि होला विभिन्न क्रियाकलापसहित उनी बेबी–बम्पवाला तस्बिर सार्वजनिक गर्छिन् ।

अहिले फेरि उनले सामाजिक संजालमा केही नयाँ तस्बिर सार्वजनिक गरेकी छन् । उनले सार्वजनिक गरेको तस्बिर ‘बेबी सावर’को रहेको छ । तस्विरका साथ उनले ‘द वेष्ट बेबी सावर’ भनेर लेखेकी छन् । सो क्रममा उनले केक समेत काटेकी छन् भने केही साथीहरुसँग तस्बिर समेत खिचाएकी छन् ।

म्युजिक भिडियो र चलचित्र दुबैमा बराबरी देखिने अभिनेत्री प्रियंकाले गत चैत्रमा पहिलो पटक गर्भवती भएको जानकारी दिएकी थिइन् । यो खबर उनले स्टाग्राममार्फत् सेयर गरेकी थिइन् ।
सो समय श्रीमान्सँगको तस्बिर सेयर गर्दै प्रियंकाले लेखेकी थिइन्, ‘अब तपाईं मलाई सोध्न छोड्नुहोस्, हो हामी गर्भवती भएका छौं ।’

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment