Search

माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले महत्वपुर्ण योगदान दिएको छ : प्रधानमन्त्री ओली

माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले  महत्वपुर्ण योगदान दिएको छ : प्रधानमन्त्री ओली

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्लाको बिगु गाउँपालिकामा निर्माणाधीन राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको आज बालुवाटारबाट भर्चुअल रुपमा पहिलो युनिटबाट विद्युत उत्पादन गर्न स्विच थिचेर प्रधानमन्त्री केपि शर्मा ओलीले उद्घाटन गर्नु भयो ।
प्रधानमन्त्री ओलीले आयोजनाको उद्घाटन भए सँगै शिक्षा, स्वास्थ्य, औद्योगीक क्षेत्र साथै देशको विद्युतलाई पुर्णता प्रदान गर्न महत्वपुर्ण योगदान दिएको बताउनु भएको छ । देशमा उत्पादन भइरहेको विद्युत मध्ये आधा विद्युत माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले उत्पादन गर्ने प्रधानमन्त्री ओलीले बताउनु भएको छ ।

आयोजनाका आज उद््घाटन भए सँगै कूल ४ सय ५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिटबाट ७६ मेगावाटको पहिलो युनिट बिजुली उत्पादन सुरु भएको छ । आयोजनाको अबको १५ दिन परीक्षण उत्पादन अवधिको रुपमा रहनेछ । त्यसपछि तामाकोशीबाट व्यवसायिक उत्पादन सुरु हुनेछ र प्राधिकरणले कम्पनीलाई बिजुलीबापत पैसा तिर्न सुरु गर्नेछ । माथिल्लो तामाकोशीमा ७६–७६ मेगावाटका ६ वटा युनिट छन् । भदौ महिनाभित्रै सबै युनिटबाट पूर्ण क्षमतामा बिजुली उत्पादन गर्ने लक्ष्य छ ।

माथिल्लो तामाकोशी स्वदेशी लगानीको सबैभन्दा ठूलो आयोजना हो । शुरुवाती लागत ३५ अर्ब रहे पनि अमेरिकी डलरको मूल्यमा आएको उतारचढाब, ब्याजलगायतका कारण लागत भने बढेर झण्डै ८० अर्ब हाराहारी पुगेको छ । यो परियोजनाले आर्थिक वृद्धिमा करिब एक प्रतिशत योगदान दिने अर्थ तथा ऊर्जामन्त्री विष्णु पौडेलले जानकारी दिनुभयो । उहाँले यसले दिगो रुपमा लोडसेडिङ अन्त्य गर्ने सुनिश्चित गरेको बताउनुभयो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!