Search

दोलखा जिल्लामा थप १० दिन निषेधाज्ञा, सार्वजनिक यातायात संचालनमा

दोलखा जिल्लामा थप १० दिन निषेधाज्ञा, सार्वजनिक यातायात संचालनमा

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डिसिसिएमसी दोलखाको सिफारीसमा दोलखा जिल्ला प्रशासन कार्यालय दोलखाले आज राती १२ बजेबाट असार ३१ गते बिहिबार राति १२ बजे सम्मका लागि १० दिन निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमणको जोखीम कायमै रहेकाले निषेधाज्ञालाई निरन्तरता दिएको थाहा भएको छ ।

निषेधाज्ञाका समयमा जिल्लाभरका व्यापार व्यवसाय बेलुका ७ बजे सम्म सञ्चालन गर्न पाइने, सभा सम्मेलेन गोष्ठि जस्ता भिडभाड हुने क्रियाकलाप गर्न नपाईने, विवाह व्रतबन्द, दिवाली, कुलपुजा वा यस किसीमका धार्मीक, सामाजिक र साँस्कृतिक क्रियाकलाप पर्व कार्य वा उत्सव गर्न प्रतिबन्द लगाइएको छ ।

त्यसैगरि विभिन्न धार्मीक स्थलहरुमा नित्यपुजा बाहेकका सम्पुर्ण धार्मीक साँस्कृतिक गतिविधिहरु सञ्चालन गर्न नपाइने, सबै सरकारी एवम् सार्वजनिक निकाय, कार्यालय, बैंक तथा वित्तिय संस्थाले स्वास्थ्य सम्बन्धि मापदण्ड पुर्ण पालना गरि न्युनतम र आवश्यक कर्मचारीहरुबाट सेवा प्रदान गर्ने व्यवस्था मिलाउन भनिएको छ ।

आज बेलुकाबाट जोर विजोर प्रणाली हटाइएकाले निजी र सार्वजनिक सबै किसीमका सवारी साधन जिल्ला भित्र चल्न पाउने, अत्यावश्यक काम परि काठमाण्डौ जानुपर्ने व्यक्तिले जिल्ला प्रशासन कार्यालयबाट सवारी अनुमती लिई सार्वजनिक यातयातका साधनमा जान पाउनेछन् । निषेधाज्ञा आदेशको उल्लंघन गरेमा कानुनी बमोजिम कारवाहि गरिने प्रमुख जिल्ला अधिकारी वासुदेव घिमीरेले बताउनु भयो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!