Search

पूरा भयो सलोन बस्नेतको निर्माता बन्ने चाहाना, ‘हेल्लो ब्रो’ को ट्रेलर सार्वजनिक

पूरा भयो सलोन बस्नेतको निर्माता बन्ने चाहाना, ‘हेल्लो ब्रो’ को ट्रेलर सार्वजनिक

बाँपीझ्याला, काठमाडौं । सलोन बस्नेतले लामै समयदेखि निर्माता बन्ने कसरत गरिरहेका थिए । सिरिज बनाउने घोषणा गरेका उनले यसका लागि तयारी पूरा गरेको समाचार पनि आएका थिए । अन्ततः दर्शकले उनले निर्माण गरेको सिरिज हेर्न पाउने भएका छन् । सिरिजमा सलोन आफैंले भने अभिनय गरेका छैनन् । ट्रेलरमा उनको भ्वाइस ओभर भने सुन्न सकिन्छ ।

सलोन सलिना फिल्मस्को ब्यानरमा निर्मित नेपाली सिरिज ‘हेल्लो ब्रो’ को ट्रेलर सार्वजनिक भएको छ । लेखक तथा निर्देशक सुरेश न्यौपानेको निर्देशन रहेको टे«लरको सिरिजमा युवाको कथालाई देखाइएको छ । सिरिजमा प्रभात पल ठकुरी, सुमिन गुरुङ, अलिस्था सुवेदी, मनीषा ओझा र सन्तोष गिरीको अभिनय छ ।

सलोन बस्नेत कार्यकारी निर्माता रहेको सिरिजमा रामजी राउत एपिसोड निर्देशक, सुरेश न्यौपानेको कथा, केदार भुषाल र सुमन गुरुङ गजमेरको लेखन, प्रशान्त सिवाकोटीको संगीत, शंकर भुजेल र ज्ञानकुमार कट्टेलको छायांकन छ ।

त्यस्तै सिरिजमा बन्दे प्रसादको सम्पादन, समीर मियाँको भीएफएक्स र कलर, शिशिर खातीको कोरियोग्राफी, सुमन गुरुङ गजमेरको सहायक निर्देशन र केमोदिन मियाँको सहायक सम्पादन छ । सिरिज साउन ७ गतेदेखि हरेक बिहीबार राति ७ बजे बुढा सुब्बाको बिएम टिभीबाट प्रसारण हुनेछ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!