Search

नेपालमा ३४ लाख डोज कोरोना खोप आउदै

नेपालमा ३४ लाख डोज कोरोना खोप आउदै

बाँपीझ्याला, काठमाडौं । नेपालमा एक महिनाभित्र कम्तिमा ३४ लाख डोज कोरोना विरुद्धको खोप आईपुग्ने भएको छ । यसै गरी चिनियाँ कम्पनी सिनोफार्मसँग खरिद गरेको सवा २४ लाख डोज भेरोसेल खोप आगामी तीन साताभित्र काठमाडौं आउने भएको हो । विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधा अन्तर्गतका १० लाख डोज जोन्सन एण्ड जोन्सनको खोप एक महिनाभित्र आउने भएको छ । चिनबाट सिनोफार्मको पहिलो खेप यही असार २५ गते काठमाडौं आइपुग्नेछ ।

यसै गरी साउन १ गते र ८ गते थप दुई पटक गरी खोप काठमाडौं भित्रिनेछ । स्रोतका अनुसार एक पटकमा नेपाल एयरलाइन्सको बिमानले ८ लाख ९ हजार ६०० डोज खोप ल्याउनेछ ।

यसअनुसार तीन खेपमा सवा २४ लाख अर्थात २४ लाख २८ हजार ८०० डोज खोप काठमाडौं आइपुग्नेछ । बाँकी १५ लाख ७१ हजार २०० डोज खोप लिन थप दुई उडान हुनेछन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!