Search

असार २२ गतेदेखिको लकडाउन मोडालिटी यस्तो छ

असार २२ गतेदेखिको लकडाउन मोडालिटी यस्तो छ

बाँपीझ्याला, काठमाडौं । काठमाडौं उपत्यकामा असार मसान्तसम्म निषेधाज्ञा थप गरेको छ । तर निषेधाज्ञामा अहिलेको भन्दा खुकुलो पनि बनाइएको छ। उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले हाल कायम रहेको यातायातमा जोरबिजोर प्रणालीलाई खारेज गरेको छ ।

त्यस्तै यसअघि २५ सिट क्षमताका सवारीसाधन सञ्चालन गर्न मात्र अनुमति दिइएको थियो। तर अब सबै प्रकारका माइक्रो, टेम्पो लगायतका सार्वजनिक सवारीसमेत चल्न पाउनेछन्। त्यस्तै, शैक्षिक संस्थामा एउटा कक्षाकोठामा २५ जनाभन्दा बढी नहुने गरी परीक्षा संचालनको पनि अनुमति दिइएको छ ।

तर सभा सम्मेलन, सिनेमा, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, सैलुन, ब्युटी पार्लर, हेल्थक्लब, फुटसल, पुस्तकालय, संग्रहालय, चिडियाखाना लगायत क्षेत्र भने अझै बन्द रहनेछन्।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!