Search

नगर सभाबाट काठमाडौँ महानगरको आर्थिक विधेयक पारित

नगर सभाबाट काठमाडौँ महानगरको आर्थिक विधेयक पारित

२० अषाढ, बाँपीझ्याला, काठमाडौँ । आज काठमाडौँ महानगरपालिकाको आर्थिक विधेयक ०७८ पारित भएको छ । राष्ट्रिय सभा गृहमा बसेको नवौँ अधिवेसनको पाँचौँ बैठकले आन्तरिक आयका लागि राजस्वका शीर्षक, प्रस्तावित राजस्वका दरका विषयमा छलफल गर्दै विधेयक पारित गरेको हो । महामारीले उद्योग र वाणिज्य क्षेत्र तथा सामान्य जनजीवनमा पारेको प्रभावलाई विश्लेषण गरेर कम्तीमा २० प्रतिशत देखि बढीमा ९० प्रतिशतसम्म छुट दिने प्रबन्ध गरिएको छ ।

बैठकका अध्यक्ष एवम महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भन्नुभयो, ‘महामारीको पीडा भोगिरहेको आर्थिक क्षेत्रको उठ्न सक्ने बनाउन राजस्वका दर यथावत गरेर दायरा बढाउने नीतिअनुरुपमा हामीले निर्णय गरेका छौँ ।’यस अघि असार ३ गते सभामा पेश भएको आ. व. ०७८/०७९ को बार्षिक नीति तथा कार्यक्रम छलफलपछि असार ६ गते बसेको तेस्रो बैठकले पारित गरेको थियो ।

असार १० गतेको चौथो सभामा आ. व. ०७८÷०७९ का महानगरका प्रमुख विद्यासुन्दर शाक्यले ‘काठमाडौँ महानगरपालिका आर्थिक विधेयक, २०७८’’ प्रस्ताव गर्नुभएको थियो । त्यही बैठकमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले आ. व. ०७८÷०७९ का लागि १८ अर्व ९५ करोड ७७ लाख १२ हजार रुपैयाँ बजेट र विनियोजन विधेयक ०७८ पेश गर्नुभएको थियो ।

आ. व. ०७८÷०७९ का लागि आन्तरिक आयतर्फ ४ अर्व ३४ करोड ३२ लाख रुपैयाँको लक्ष्य राखिएको छ ।
आज भएको आर्थिक विधेयकमाथिको छलफलमा नगर सभा सदस्यहरु मचाराजा महर्जन, आनन्द गौत्तम, जीवन डंगोल, कृष्णमणि भट्टराई, नरेशमान महर्जन र आशा श्रेष्ठ रौनियारले धारणा राख्नुृभएको थियो ।

आजको बैठकमा लेखा समितिका संयोजक ध्रुवप्रसाद त्रिपाठीले लेखा समितिको प्रतिवेदन पेश गर्नुभएको थियो । छलफलपछि सभाले प्रतिवेदन पारित गरेको छ । नगर सभाको छैटौँ बैठक असार २५ गते बस्नेछ । त्यस बैठकमा विनियोजन विधेयकमाथि छलफल हुनेछ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!