Search

दोलखा जिल्लाको उत्तरी क्षेत्रका विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध हुने

दोलखा जिल्लाको उत्तरी क्षेत्रका विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध हुने

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्लाको उत्तरी क्षेत्रका विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध हुने भएको छ । दोलखाको वितरण केन्द्र अन्र्तगत सिंगटी सव स्टेशनमा रहेको ३ एम.भी.ए को पावर ट्रान्सफरमर जलेपछि विद्युत सेवा अवरुद्ध भएको हो । जलेको ट्रान्सफरमर बदली गर्नुपर्ने भएकाले यही असार २२ गते सम्म विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

असार २२ गते सम्म सिंगटी सव स्टेशनबाट सप्लाई हुने सिंगटी फिडर अन्तर्गत सिंगटी, लादुक, बुलुङ, ओराङ, सुरी, भोर्ले, गुरुम्फी सम्मका क्षेत्र, सुनखानी फिडर अन्र्तगत लापीलाङ, गुम, हिलेपानी, झ्याकु, साउने, यार्सा सम्मका क्षेत्र, बाबरे फिडर अन्र्तगत बाबरे, क्याम्पोल, बेगुम्पा तारेभिर, सोरुङखोला, चिलंखा, खोपाचागु लगाएतका क्षेत्रमा विद्युत आपुर्ति बन्द हुने भएको हो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!