Search

राष्ट्रिय गौरवको माथिल्लो तामाकोशीको बिजुली सोमबारदेखि उत्पादन हुने, प्रधानमन्त्री ओलीबाट भर्चुअल माध्यमबाट उद्घाटन गर्दै

राष्ट्रिय गौरवको माथिल्लो तामाकोशीको बिजुली सोमबारदेखि  उत्पादन हुने, प्रधानमन्त्री ओलीबाट भर्चुअल माध्यमबाट उद्घाटन गर्दै

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिचित ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले सोमबारदेखि बिजुली उत्पादन गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार अपराह्न ४ बजे भर्चुअल श्रव्यदृश्य माध्यमबाट आयोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको उक्त आयोजनाका प्रवक्ता डा गणेश न्यौपाने बताउनु भयो । उहाँका अनुसार आयोजनाको पहिलो युनिटको क्षमता ७६ मेगावाट रहेको थाहा भएको छ ।

आयोजनाको बिद्युत गृह रहेको गोगरदेखि खिम्तीसम्मको कूल ४७.२ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइनमा बिजुली पठाएर चार्ज गरेको छ । आयोजनाले शनिबार मात्रै ढल्केबरदेखि न्यू खिम्ती सवस्टेशनबीचको लाइन चार्ज गरेको थियो ।

यसरी उत्पादित बिजुली विद्युतगृह रहेको गोगरबाट न्यू खिम्ती सवस्टेशन हुँदै ढल्केबर पुग्नेछ । प्रवक्ता न्यौपानेका अनुसार ढल्केबर सवस्टेशनबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन्छ । उद्घाटनको आवश्यक तयारी पूरा भएको जानकारी दिँदै प्रवक्ता न्यौपानेले नेपाली जनताले विगत १० वर्षदेखि दोलखावासी अनी नेपाली जनताले देखेको सपना पूरा भएको प्रतिक्रिया दिनुभयो । स्वदेशी लगानीमा नै हालसम्मकै सवभन्दा ठूलो आयोजना सम्पन्न भएको हो । यही असार मसान्तभित्रै आयोजनाको अर्को एक युनिटबाट समेत बिजुली उत्पादन गर्ने गरी आवश्यक तयारी गरिएको छ ।

माथिल्लो तामाकोशीको विद्युत् गृहबाट आएको २२० केभी क्षमताको प्रसारण लाइनलाई न्यू खिम्तीमा रहेको सवस्टेशनमा जोडिएको छ । नेपाल विद्युत प्राधिकरणको प्रणाली सञ्चालन विभागले यही असार १२ गते एक सूचनामार्फत राष्ट्रिय गौरवको माथिल्लो तामाकोशीको विद्युत् राष्ट्रिय विद्युत् प्रणालीमा जोड्ने कार्यक्रम भएकाले खिम्ती लामोसाँघु १३२ केभी प्रसारण लाइन बन्द हुने बताउनु भयो ।

यसै गरी आयोजना अन्तिम चरणमा पुगेपछि स्वदेशी लगानीमा नै ठूला परियोजना निर्माण गर्न सकिन्छ भन्ने आत्मविश्वाससमेत यस आयोजनाले पैदा गरेको छ । शुरुआती लागत रु ३५ अर्ब रहेको भए पनि अमेरिकी डलरको मूल्यमा आएको उतारचढाब, ब्याजलगायतका कारण लागत भने बढेर झण्डै रु ८० अर्बको हाराहारी पुगेको छ ।

पछिल्लोपटक नेपाल प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आयोजनास्थल पुगेर आवश्यक निर्देशन तथा बिजुली उत्पादनको तयारीका बारेमा जानकारी लिनुभएको थियो । पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले हरेक महिना आयोजनास्थल पुगेर समस्या समाधानमा सहजीकरण गर्नुभएको थियो ।

तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले उक्त आयोजनाको शिलान्यास गर्नुभएको थियो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!