Search

घरेलु हिंसा लैङ्गीक समानता कानून सम्वन्धी प्रशिक्षण शुरु, सहभागीहरुलाई एक एक पाकेट माक्स र स्यानिटाईजर हस्तान्तरण

घरेलु हिंसा लैङ्गीक समानता कानून सम्वन्धी प्रशिक्षण शुरु, सहभागीहरुलाई एक एक पाकेट माक्स र स्यानिटाईजर हस्तान्तरण

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
भीमेश्वर नगरपालीका चरिकोट दोलखाको वित्तिय सहयोग र कम्युनिटी रुरल डेभलप्मेन्ट सोसाईटी नेपाल दोलखाको आयोजनामा “घरेलु हिंसा लैङ्गिक समानता तथा समसामयिक कानून सम्वन्धी” शिर्षक अन्तर्गतको विषयमा भीमेश्वर नगरपालीका वडा नंं २ दोलखा चम्पूजाको सभाहलमा ३ दिने प्रशिक्षण शुरु भएको छ । प्रशिक्षण तालिम आज २० गतेदेखि २१ गतेसम्म संचालन हुनेछ ।

भीमेश्वर नगरपालीकाका प्रमुख भरत बहादुर केसीको प्रमुख आतिथ्यमा संचालन भएको उक्त उद्घाटन समारोहमा विशेष अतिथीहरुमा उपमेयर कमला बस्नेत, वडा नंं २ का वडाध्यक्ष विराजमान श्रेष्ठ अतीथीहरुमा वडा सदस्य राजकुमारी प्रधान श्रेष्ठ र राजहिटी समाजका अध्यक्ष विक्रम मल्लको उपस्थिती रहेको थियो ।

संस्थाका अध्यक्ष प्रविण प्रधानको अध्यक्षतामा सम्पन्न उक्त उद्घाटन सत्रमा उपस्थिती प्रमुख अतिथी, विशेष अतिथी, अतीतीहरु लगाएत सम्पूर्ण सहभागीहरुलाई संस्थाका उपाध्यक्ष गोपाल प्रधानले स्वागत भाषणबाट स्वागत गर्नु भएको थियो ।

यसै गरी भीमेश्वर नगरपालीकाका प्रमुख भरत केसीले शुभकामना मन्तव्य दिनुका साथै कोरोनाको संक्रमणको बेला र अषाढको मध्य समयमा जसरी उपस्थिीत भएर तालिममा सहभागी हुनु भएको छ त्यसै गरी तालिमको उपलब्धीलाई व्यवहारमा प्रयोग गर्ने कुरामा आफु विश्वस्त रहेको बताउनु भयो ।

यसै गरी वडा नंं २ का वडाध्यक्ष विराजमान श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नुका साथै भीमेश्वर नगरपालीकाले आज भन्दा करिव ३ महिना अगाडी होमस्टे तालिम संचालनको लागि सहयोग गरेको र स्थलगत अध्ययन भ्रमण समेत गरेर आएको कुरालाई स्मरण गर्दै यस तालिममा सहभागीहरुले सिकेको कुराहरुलाई व्यवहारमा लागु गर्न आग्रह गर्नु भएको थियो ।

भीमेश्वर नगरपालीका वडा नं. २ दोलखा स्थित तिखातल, गोलेगाउँ, पाखलती, डोक्छे, लिष्टोल, विहार्छे, दुङ्गल, तल्लोटोल, गगरस, मतान्दीलो, स्वाक्लो, नेगल, फुलपा, डाँडागाउँ, नेगल, र डोकथलीबाट गरी जम्मा ४१ जना महिला सहभागीहरुको सहभागीता रहेको छ भनी संस्था संचालक समिती सदस्य ज्ञानेन्द्र प्रधान ।


यसै गरी सहभागीहरुलाई कोरोना संक्रमणबाट बचाउनको लागि प्रति व्यक्ती एक पाकेट माक्स र स्यानीटाईजर १ थान नगर प्रमुख भरत केसी र उपप्रमुख कमला बस्नेतको हातबाट हस्तान्तरण गरिएको छ भनी संचालक समिती सदस्य संजिव श्रेष्ठले बताउनु भयो ।

यसै गरी संस्थाका अध्यक्ष एवं प्रशिक्षक संयोजक प्रविण प्रधानले तालिमको महत्व र औचित्य माथी प्रकाश पार्नु भएको थियो । कार्यक्रम संचालन समिती सदस्य वित्त प्रमुख उपेन्द्र प्रधानले गर्नु भएको थियो ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment