Search

डेनमार्क युरोकपको सेमिफाइनलमा

डेनमार्क युरोकपको सेमिफाइनलमा

बाँपीझ्याला, काठमाण्डौं । चेक रिपब्लिकलाई पराजित गर्दै डेनमार्क युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बाकु ओलम्पिक स्टेडियममा शनिबार भएको क्वाटरफाइनलमा चेक रिपब्लिकलाई २-१ गोल अन्तरले पराजित गर्दै डेनमार्कले अन्तिम चारमा स्थान पक्का गरेको हो । ADVERTISEMENT खेलको पाँचौं मिनेटमा थोमस डेलानेले गोल गर्दै डेनमार्कलाई सुरुवाती अग्रता दिलाएका थिए । लार्सेनको कर्नरमा अनमार्क रहेका उनले हेडरमार्फत उत्कृष्ट गोल गरे ।

खेलको ४२ औं मिनेटमा युवा स्ट्राइकर डोलवर्गले गोल गर्दै डेनमार्कलाई २-० को अग्रता दिलाए । उनले जोकिम माहेलको पासमा गोल गरेका हुन् । दोस्रो हाफमा चेक रिपब्लिकले एक गोल फर्कायो । ४९ औं मिनेटमा प्याट्रिकले काउफलको पासमा गोल गर्दै चेक रिपब्लिकलाई २-१ को स्थितिमा ल्याए । तर, उनको गोलले चेक रिपब्लिकको हार भने टार्न सकेन ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!