Search

४० वटा विद्युतीय बस खरिदका लागि नौवटा कम्पनी इच्छुक

४० वटा विद्युतीय बस खरिदका लागि नौवटा कम्पनी इच्छुक

बाँपीझ्याला, काठमाण्डौं । साझा यातायातका ४० वटा विद्युतीय बस खरिदका लागि नौवटा कम्पनी इच्छुक देखिएका छन् । साझाले विद्युतीय बस खरिद गर्न गत चैत १३ गते ग्लोबल बोलपत्र आह्वान गरेको थियो । नौ कम्पनीमध्ये अधिकांश चिनियाँ कम्पनी रहेको साझाले जनाएको छ ।

साझाले काठमाडौँ उपत्यकामा चलाउन पहिलो चरणमा ४० वटा विद्युतीय बस ल्याउन लागेको हो । शुक्रबार प्रस्ताव खोलिएको हा । एक महिनामा प्रस्तावको मूल्याङ्कन गरिसक्ने साझाले जनाएको छ ।

साझा यातायात सञ्चालक समिति सदस्य भूषण तुलाधरले भने, “प्रस्ताव खोलिएको छ, मूल्याङ्कन गर्न एक महिना लाग्छ । हाम्रो लक्ष्य अबको दुई महिनामा सम्झौता गर्ने हो, सम्झौता भएको करिब छ महिनामा बस आउँछन् ।”

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment